भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • विश्वभर कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार ०९:२३

    काठमाडौं, १६ जेठ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ। पछिल्लो अपडेट अनुसार

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार ९ सय ९६ छ। संसारभर ५९ लाख चार हजार २ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै अहिलेसम्म विश्वभर २५ लाख ७९ हजार ५ सय ९ जना ठिक भएका छन्। पछिल्लो समय ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरका कारण हालसम्म २६ हजार ७ सय ६४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ४ लाख ३८ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ। ती मध्ये १ लाख ९३ हजार १ सय ८१ ठिक भइसकेका छन्।

    अमेरिकामा १७ लाख ६८ हजार ४६१ कुल संक्रमित भएका छन् भने एक लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ। यसैबीच ४ लाख ९८ हजार ७ सय २५ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म २ लाख ६९ हजार १२७ कुल संक्रमित भएका छन् भने ३७ हजार ८३७ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३१ हजार ७३२ जना कुल संक्रमित भएका छन् भने ३३ हजार १४२ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ५० हजार ६०४ जना निको भएर फर्किएका छन्। फ्रान्समा एक लाख ८६ हजार २३८ कुल संक्रमित भएका छन् भने २८ हजार ६६२ जनाको मृत्यु भएको छ । यसैबीच ६७ हजार १९१ जना निको भएर फर्किएका छन्।

    स्पेनमा २ लाख ८४ हजार ९८६ कुल संक्रमित भएका छन् भने २७ हजार ११९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन्। रुसमा ३ लाख ७९ हजार ५१ जनामा संक्रमण फैलिएको छ। त्यहाँ मृत्यु दर भने कम रहेको छ। रुसमा हालसम्म ४ हजार १ सय ४२ जनाको मात्रै ज्यान गएको छ। भारतमा एक लाख ६५ हजार ३८६ संक्रमित भएका छन् भने अहिलेसम्म ४ हजार ७११ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ७० हजार ९२० जना निको भएर घर फर्किएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु