नेपालमा थप १७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते, शुक्रबार १७:०४

काठमाडौं, १६ जेठ । नेपालमा थप १७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

नयाँ संक्रमितमध्ये १६५ पुरुष र ५ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै निको भएर घर फर्कनेको संख्या २०६ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु