• अष्ट्रेलियाको कृषी फार्ममा नेपाली ठेकेदारले नै कुटे नेपाली कामदार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १५:०५

    ब्रिजवेन/सरल गुरुङ-अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कृषी फार्ममा फलफुल टिप्न गएका एक नेपाली युवकलाई नेपाली ठेकेदारले नै कुटपिट गरेका छन् ।मेलवर्नमा बस्दै आएका दिपेन्द्र धमलामाथी फलफुल टिप्ने ठेकेदार कम्पनीका संचालक जोन घलले हातपात गरेका हुन् ।

    सरल गुरुङसंग कुरा गर्दै दिपेन्द्रले ज्याला कम भएकाले काममा जान नमान्दा ठेकेदारले तथानाम गाली गर्दै मुक्का र लात्ताले हिर्काएको बताउनुभयो । ‘म गत मे २८ तारिख बिहिबार बिहान बिसन्चो भएर सुतिरहेको थिए । ज्याला पनि कम आउने र शरिर पनि थकित भएकाले काममा जान नसक्ने कुरा सुपरभाईजरलाई जानकारी गराइसकेको थिए’- दिपेन्द्रले भन्नुभयो – ‘तर, साढे १० बजेतिर एक्कासी ठेकेदार जोन घले म सुतेको ठाउमा पसेर काममा किन नजाने भन्दै गाली गर्दै मुक्का र लात्तिले हान्न थाल्नुभयो ।’

    लात्ति प्रहारबाट दिपेन्द्रको तिघ्रामा निल डाम परेको छ । यो घटनाले आफु निकै अपमानित भएको दिपेन्द्रको भनाई छ । घटनाबारे दिपेन्द्रले स्थानिय प्रहरीमा समेत उजुरी गरिसकेका छन् । ‘एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्नेमा उल्टै पेल्न खोज्नु कत्तिको उचित हो’- दिपेन्द्रले प्रश्न गर्नुभयो ।कोरोनाको कारण आफुले काम गर्ने रेष्टुरेन्ट बन्द भएपछि श्रीमती र भर्खरै जन्मेको दुधे छोरी छाडेर दिपेन्द्र फलफुल टिप्ने कामका लागि मेलवर्नबाट ५ सय ४० किलोमिटर टाढा रहेको मिल्डुरा गएका थिए ।एक साथीसंगै दिपेन्द्र गत हप्ता मे २५ तारिखमा मिल्डुरा गएका हुन् । फलफुल टिप्ने काममा राम्रै आम्दानी हुने देखेर त्यता लागेका दिपेन्द्र ६ सय किलो सुन्तला टिप्दा २५ डलर मात्रै आम्दानी हुने भएपछि खिन्न भएका थिए ।

    सोधिखोजी गर्दा दुइ जनाबिच धकेलाधकेल भएको घलेको दाबी

    उता दिपेन्द्रमाथी कुटपिट गरेको आरोप लागेका जोन घले भने कुटपिट नभई सामान्य धकेलाधकेल भएको दावी गर्नुहुन्छ । दिपेन्द्रले अन्तिम समयमा काममा नजाने भनेर जिद्दी गरेपछि सुपर भाईजर जेविन गौतमले टेलिफोन गरि बोलाएकाले सम्झाउनका लागि आफु गएको जोन घलेले दाबी गरे । बिहान साढे १० बजे काम सुरु गर्नुपर्ने भएपनि साढे १० बजेसम्मै दिपेन्द्र सुतेर बसिरहेको घलेको आरोप थियो । के भएको रहेछ भनेर सोधिखोजी गर्दा उल्टै मुखमुखै लागेपछि दुइ जनाबिच धकेलाधकेल भएको घलेको दाबी छ ।

    फार्ममा चलेको दर अनुसार नै दिपेन्द्रलाई पनि ६ सय किलो सुन्तला टिपेको २५ डलर ज्याला दिएको घलले दाबी गर्नुभयो । कोरोना लागेका बेला आफुले थुपै्र नेपालीलाई काम दिएर सहयोग गरेको दाबी गर्ने घले आफुले नेपालमा पनि समाजसेवा गरिरहेको बताउनुहुन्छ । १० वर्ष देखि कृषी फाम क्षेत्रमा ठेकेदारी गरिरहेका घलेले आफुसंग अहिले पनि ८० जना भन्दा बढी नेपाली र विभिन्न देशका गरेर २ सय भन्दा बढी कामदार काम गर्ने बताउनुभयो । ‘मैले कुटपिट र कम ज्याला दिने भए अहिलेसम्म यो पेशामा कसरी टिक्थे’ घलेले प्रश्न गर्नुभयो ।-nepaltube

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु