• धनगढीमा विवाहित युवती मृत अवस्थामा फेला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १५:४३

    धनगढी-धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को विशालनगरमा अन्दाजी २३ वर्षीया आफ्नै घरको भान्छा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले २३ वर्षीय विवाहित जयन्ती जोशी भान्छा कोठामा मृत भेटिएको बताए।

    घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। युवतीको हत्या आशंकामा उनका श्रीमान र सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

    उनीहरु विरुद्ध माईती पक्षले किटानी जाहेरी दिने तयारी गरेका छन्। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु