नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ – कुँवर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते, शनिबार १६:५९

काठमाडौं । लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर कुँवरले अरुलाई पनि हौसला मिलोस् भनेर राहत वितरण गर्दा फोटो खिचेको बताएका छन् । आज आफ्नै घरमा उपस्थित भएकालाई राहत वितरण गर्दै उनले फोटो खिच्दा केही आलोचना भएको भए पनि त्यो चर्चाका लागि नगरिएको स्पष्ट पारेका छन् ।


नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता र हजुरलाई टेड लिंकका सञ्चालक समेत रहेका कुँवरले प्रत्येक शनिबार राहत वितरण गर्दै आएका छन् । सुरुका दिनमा चामल, दाल, नुन, चिनी र अन्य आवश्यकीय सामग्री वितरण गर्दै आएका उनले आज ८० परिवारलाई चामल उपलव्ध गराएका छन् ।

उनले आफ्नो क्षेत्रभित्र कोही पनि खान नपाउने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता जनाएका छन् । आज वरपर रहेका स्थानीय मजदुर, सुत्केरी भएर खाद्य संकटमा परेका र रोजगार गुमाएर अलपत्र परेका लगायतको सहभागिता थियो । कुँवरले लकडाउनका कारण सबै संकटमा परेको हुँदा मानवीय धर्म भएकाले राहत वितरण गरिएको जनाए ।

आफ्नो व्यवसायसँगै सधैं सामाजिक सेवामा अग्रसर कुँवरले आफूले पनि धेरै दुःख गरेर सामान्य जीवन धान्ने अवस्थामा आइपुगेकाले त्यो दुःख नबिर्सेको बताउँछन् । उनले आफुलाई धेर भएर चामल नबाँडेको पनि प्रतिक्रिया दिएका छन् ।

उनी यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले अहिलेसम्म ५ सयभन्दा बढीलाई राहत वितरण गरिसकेका छन् । उनले अर्को शनिबार पनि राहत वितरण गर्ने जनाएका छन् । उनले लकडाउनभर सेवा गरिरहने बताएका छन् ।


आजको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरसहित यस कार्यमा सहयोग गर्नेको उपस्थिति रहेको थियो । कुँवरले आफ्नो एकल प्रयासबाट सधैं सहयोग गर्न नसके पनि सहयोगी हातसँग पनि समन्वय गरेको स्पष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु