• ईन्जिनियर महतो पनि समाजसेवामा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १९:११

    काठमाडौं । ईन्जिनियर हरिशंकर महतो पनि समाजसेवामा लागेका छन् । पहिलेदेखि नै आफ्नो ढंगले सामाजिक सेवामा सक्रिय रहेका उनले अब भने खुलेरै सामाजिक सेवामा हात अघि बढाएका छन् ।
    एक्मी इन्जिनियरिन कलेजमा पढाउँदै गरेका उनले समाजसेवा आफ्नो रहर भएको बताएका छन् । महोत्तरी बर्दिबासका महतोले आफ्नो तलबबाट आएको आम्दानीले लकडाउन पीडितलाई राहतस्वरुप नगद उपलव्ध गराएका छन् । उनले बाफलका समाजसेवी ताराबहादुर कुँवरलाई २५ हजार रुपैंया दिएर समन्वय गरेका छन् । आज बाफलमा आयोजित राहत वितरण कार्यक्रममा बोल्दै महतोले समाजसेवी कुँवरको अभियानलाई थप सहज बनाउन आफू पनि लागिपरेको बताए । महतोले कोरोना भाइरसका कारण धेरैजसो नागरिकको जीवन संकटमा परेकाले आफ्नो तर्फबाट पनि केही योगदान गरेको बताए । उनले सहयोग गर्न पाउँदा खुशी महसुस भएको प्रतिक्रिया दिएका छन् । उनले आगामी दिनमा पनि समस्यामा परेकालाई आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
    उनले यसअघि पनि लकडाउनका कारण समस्यामा परेकालाई समन्वय गरेर राहत वितरण गरेको बताए । बुबा पनि समाजसेवामा संलग्न भएकाले आफू पनि त्यसतर्फ प्रेरित भएको बताए । बुबा रामकृष्ण महतो बर्दिबास व्यापार संघका संस्थापक अध्यक्ष भएकाले पनि आफूलाई समाजसेवामा लाग्नुपर्छ भन्ने उत्साह जागेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु