• जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने , सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार २२:१०

    काठमाडौँ – मन्त्रपिरिषदको बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे ।

    पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हाे ।मन्त्रपिरिषदको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन यही जेठ २० गते सकिदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु