जेठ १८, काठमाडौं । आफनो आयु र धनको सम्बन्धमा धेरै मानिसहरु सदै चिन्तित रहन्छन । मानिसहरु आपनो आयु कति हुन्छ र आफुसंग धन कति हुन्छ यी प्रश्नहरुको उत्तर जान्नको लागि सदै केहीन केही प्रयास गर्दछन । मानिसहरु यस प्रश्नहरुको उत्तर जान्नको लागि ज्यातिष शास्त्रको शरणमा जान्छन ।
मानिसको आयु र धनको सम्बन्धमा भारतीय साहित्यका अनुपम विभूति अर्थशास्त्र र राजनीति शास्त्रका विद्यान आचार्य चाणक्यले यो विषयमा यस्तो कुरा बताएका छन “आयु कर्मच विद्या निधनमेव च “।
पन्चैतानि हि सृज्यन्ते गर्भस्थस्येव देहिन ः ।।
आयु, कर्म, धन, विद्या र मृत्यु यी पाँच बटा कुरा शिशु गर्भमा हुँदा खेरीनै निर्धािरत हुन्छ । चाणक्यले बताए अनुसार शिशु गर्भमा रहेको समयमानै उसको प्रारब्ध निर्धारित हुन्छ । चाणक्यले बताए अनुसार पूर्व जन्ममा गरिएको कर्मको आधारमा जन्म हुने शिशुको आत्मालाई नँया शरीर प्राप्त हुन्छ । शिशुको जन्म भन्दा पहिलानै परमात्माले उ कति वर्ष बाच्छ ? उसको मृत्यु कसरी हुन्छ ? उ संग धन सम्पति कति हुन्छ र शिक्षा कस्तो हुन्छ ? भन्ने कुराहरु निर्धारण गरेका हुन्छन ।
शास्त्रमा यी कुराहरु निर्धारण भए पनि मानिसले आफनो कर्मलाई प्राथमिकता दिनु पर्दछ । कृष्णले पनि भागवत गीतामा कर्मलाईनै प्राथमिकता दिएका छन ।
Source : bhaskar.com
Photo source : www.pexels.com