पाण्डे को पहलमा कोविड–१९ बाट भारतमा पिडित १८० नेपाली मजदुर लाई नेपाल फर्काइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते, आईतवार १४:४९

काठमाडौ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९)को रोकथामका लागि भारत सरकारले लगाएको बन्दाबन्दी(लकडाउन) का कारण भारतमा लाखौँको संख्यामा नेपालीहरु समस्यामा परेका छन् ।

यसैक्रममा नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डे जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली काँग्रेस केन्द्रिय आमन्त्रित सदस्य समाजसेवी बालकृष्ण प्रवासी जीवन ब्यथित गर्ने क्रममा उनले लामो समय देखी भारतलाई आफ्नो कर्मभुमी बनाउदै आएका छन् ।प्रवासमा रहदै गर्दा उनले नेपाल र नेपालीहरु उपर लगाउदै आएको गुण वास्तवमै तारिफ योग्य र बिर्सन नहुने खालका छन् ।

उनै पाण्डेको नेतृत्व र पहलमै भारतको उत्तराखण्ड रुध प्रयागमा ६५ देरादुन १३६ उत्तराखण्डकै अन्य विभिन्न ठाउँबाट १८, २५ ,३६ गरि १८० जना नेपाली मजदुर ६० दिन देखि क्वारिन्टिन बसेका नेपाल मजदुरहरु समन्वय गर्न नसकेका दैलेख र कैलाली जिल्लाका १८० जना बेजोजगार मजदुरको नेपालको स्थानीय पालिका संग समन्वय गरि उत्तराखण्ड सरकार बाट अनुमती दिलाई नेपाल फर्काउन अनुमति लिइ नेपाल पठाउन उनीहरु लाई पि सि आर चेक गरि पुन गाउँ पालिकामा पनि क्वारिन्टिनमा राख्ने गरि नेपाल फर्काइदै छ।

यो अभियानमा जानकारी दिने दक्षिण भारतका महासचिव बिमल बिस्ट शाखा अध्यक्ष बिबेस शाही नेपालमा स्थानीय सरकार देरादुन बाट प्रशासनिक सहयोगी पूजा सुब्बा,(सबकी सहेली फाउंडेशन ट्रस्ट) टेकु थापा लगायतका सबै सहयोगी हातहरु लाई धन्यवाद दिदै नेपाली जनसम्पर्क समितिले बढी गाडी भाडा बाट पीडित नेपाली लाई राहत दिने उदेश्यले भारत सरकार संग सरकारी बस रेल को बारेमा वार्ता गरि पहल भएको छ।

अब यसरी चर्को भाडा लिइ पीडित लाई अझै पीडित बनाउने दलाल लाई कानुन बमोजिम आवश्यक कारवाही गर्ने ने ज स का केही मित्रहरूलाई जिम्मेवारि दिएको छ। ने ज स दुख र अलपत्र परेका नेपाली हरुलाई आफूसक्दो सहयोग गर्न सदा तत्पर रहेको छ। भारत सरकारले केही काम गर्ने वातावरण बनाइदिएकोले नेपालको परिस्थितिलाई बुझी भारतमै बस्न सक्ने अबस्थामा रहेका नेपाली मित्रहरूलाई अहिले नेपाल नफर्कनुहुन अनुरोध पनि गर्दछौ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभीड १९ महामारी घातक रोगको कारणले संसार भरी लाखौंको संख्यामा ज्यान गुमाई सकेका छन लाखौं को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिमको चपटामा परि रहेका अबस्थामा नेपाली जनसम्पर्क समिती भारतले भारत भरी यस्को प्रभावमा परेका नेपाली हरुलाई सहयोग गर्ने उदेश्यका साथ समितिका मित्रहरू दिन रात नभनी ज्यानको बाजि लगाउदै पिडित नेपालीहरुको सहयोगमा खट्नु भएको छ ।




फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु