काठमाडौ ।गायिका रिता केसीको आवाजमा वनको चरी गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा वनको चरीको माध्यमबाट आफ्नो मनका माया गायिका रिताले व्यक्त गरेकी छिन् ।
उक्त गीत रिता केसी नामको युट्युव मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा तारा डाँगीको लिरिक्स तथा राज कुमार बगरको संगित रहेको छ ।
गीतमा कमल सौरागको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा गायिका रिता केसीलाई नै देख्न सकिन्छ भने, भिडियो सम्पादन कुशल शर्माले गरेका हुन ।