कमल पुरी/गुल्मी – गुल्मीका एक सँक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । गुल्मीमा पहिलो पटक जेठ ५ गते मदाने गाउपालिका वडा नम्बर ६ का ४१ बर्षिय शिक्षकमा कोरोना पुष्टि भएको थियो , उनको उपचारको क्रममा बुटवलमा मृत्यु भइसकको छ भने कन्ट्याक टेस्टिङको क्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको टोलीले उनिसँग सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरेको थियो ।
त्यसमध्ये एकजना मदाने गाउपालिकाको कृर्षि बिकास बैँकमा कार्यरत ३१ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएको थियो र उनलाई तम्घासको आइसोलेसनमा राखिएको थियो उनी कोरोनालाई जितेर आज घर फर्किएको मदाने गाउपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए । उनी कोरोना जितेर घर फर्कने गुल्मीमा पहिलो ब्यक्ति हुन । गुल्मीमा ४ जना सँक्रमित मध्ये एकजनाको निधन भएको छ भने एकजना निको भएर घर फर्किएका छन ।