दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वर्गिय राजा वीरेन्द्रको स्‍मृतिमा प्रतिष्ठानबाट दिप प्रज्वलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते, सोमबार २२:००

ललितपुर, १९ जेठ – स्वर्गिय राजा वीरेन्द्रको स्‍मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले दिप प्रज्जवलन गरेको छ । प्रतिष्ठानले सोमबार जेठ १९ गते स्व. राजा वीरेन्द्रको स्‍मृति दिवसको सन्दर्भमा दिप प्रज्जवलन गरेको हो । प्रतिष्ठानले जावलाखेल स्थित स्व राजा वीरेन्द्रको शालिक स्थलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको थियो ।

सो दिप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र शुभेच्छुकहरुले उपस्थिती जनाएका थिए । दिप प्रज्वलनसंगै उनीहरुले ‘स्व राजा वीरेन्द्र अमर रहुन’ भन्ने लगायतका नारा लगाउदै शालिकको परिक्रमा गरेका थिए भने उनको आत्माको चीर शान्तीको कामना समेत गरेका थिए । दिप प्रज्वलन कार्यक्रम पस्चात प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै स्वर्गिय राजा वीरेन्द्र मृदु, शालिन, शान्तिप्रेमी, विकासप्रेमी र जनप्रेमी राजा रहेको उल्लेख गर्दै उनी दोस्रो गौतम बुद्ध रहेको प्रतिकृया दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु