दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु को डिस्ट्रिक गभर्नरमा डा. सुशिला मल्ल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २० गते, मंगलवार ११:४४

काठमाडौं -डा।सुशिला मल्ल लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु को डिस्ट्रिक गभर्नर पदमा चयन भएकी छन ।

अघिल्लो हप्ता भएको इ भोटिङमा डा। मल्लसँगै फस्ट डिस्ट्रिक गभर्नरमा केशव पाण्डे र सेकेण्ड डिस्ट्रिक गभर्नरमा दिनेश श्रेष्ठले पनि एस भोट प्राप्त गरी उक्त पदमा चयन भएका छन् । कोभिड–१९ का कारण यो वर्ष लायन्समा कन्भेन्सनको आयोजना नगरि इ भोटिङको व्यवस्था गरिएको थियो । जसमा ३५७ जना मतदाता सहभागि भएका थिए ।

मत परिणाम अनुसार डा। मल्लले एक मात्र नो भोट पाएकी थिइन् भने ३५६ एस भोट प्राप्त गरेकी थिइन् । त्यस्तै पाण्डेले १७ नो भोट र ३४० एस भोट तथा श्रेष्ठले २ नो भोट र ३५५ एस भोट पाएका थिए । नयाँ नेतृत्वले आगामी जुलाइदेखि कार्यभार सम्हाल्ने छ ।

उनीहरुको कार्यकाल आगामी सन् २०२१ को जुनसम्म रहने छ । यसअघि नै डा।मल्लले आफ्नो कार्यकालमा क्लबहरुलाई थप क्रियाशिल बनाउने उद्घोष गरिसकेकी छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु