• कोरोनाको प्रतिरोधका लागि अर्गानिक खाना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १२:२४

    – तारा खत्री (रोकाय)

    कोरोनाको प्रतिरोधका लागि अर्गानिक खाना आज बिश्वभरि नै फैलियको कोरोना रोगले मानवलाई बाच्न त्राइ त्राइ बनाएको छ।यसको कुनै औषधी र इन्जेक्सन तयार भैसकेको छैन । त्यसकारण हामी आफै सचेत भै बाच्नु पर्ने अवस्था छ। यति बेला हामी लकडाउनमा लक छौ। अबको औषधी र बाच्ने एउटा उपाय भनेको स्वस्थकर जीवन शैली नै हो । र यसका लागि अर्गानिक खानाको सेवन नै उत्तम विकल्प हो हुनत हाम्रो देश नेपाल ९० प्रतिशत कृषिप्रधान देश भएकोले हामीलाई अर्गानिक खेती गर्न त्यति गाह्रो छैन किन कि हिजो हाम्रा पुर्खाले खेतीकिसानी गरेर नै हामी लाई शिक्षित बनाउनु भएको थियोे । हामी ज्यादा शिक्षित भएर भए भरका खेती सबै प्लटिङ गरि टुक्राटुक्रा बनाउन लागि परेऊ । व्यवसायिक खेतीको रुपमा बिसादी प्रयोग गर्न थाल्यौ । जैविक र अर्गानिक मलले पनि धेरै उत्पादन गर्न सकिन्छ भन्ने कुरा बुझ्न् सकेनौं । प्रकृतिलाई च्यालेन्ज गर्न थाल्यौ । यो सब धान्न प्रकृति र पृथ्वीलाई गाह्रो भयो । घरको अर्गानिक खाना छोडेर पिजाको पछाडी लाग्न प्रेरित भैयो । शहरिया भैयो । छोराछोरीलाई गाउघर लगिएन, नयाँ पुस्तालाई खेती के हो थाहा भएन । आजभोलिका छोराछोरी दुध कहाँबाट आउँछ भन्दा डेरिबाट भन्छ्न। अर्गानिक हरायो बिसादी फैलियो ।त्यसैको प्रतिफल आज हामी भोग्दै छौ, अर्थात दुर्वल स्वास्थ्यका साथ ज्युन हामी वाध्य छौ ।

    “व्यवसायिक खेतीको रुपमा बिसादी प्रयोग गर्न थाल्यौ । जैविक र अर्गानिक मलले पनि धेरै उत्पादन गर्न सकिन्छ भन्ने कुरा बुझ्न् सकेनौं । प्रकृतिलाई च्यालेन्ज गर्न थाल्यौ । यो सब धान्न प्रकृति र पृथ्वीलाई गाह्रो भयो ।”

    हुन त कोरोनाले हामीलाइ धेरै सचेत बनायो हातखुट्टा धुन देखि लिएर आफन्तको याद गरि घर परिवारलाई पनि समय दिन जरुरी छ भन्ने कुराको अवगत गराएको छ। घर परिवार आफन्त साथी भाइलाई केही समय दिनपनि गाह्रो हुन्थियो । एकछिन ढिलो हुदा संसार रोकिन्छ झै हुन्थ्यो । ४ महिना घरमा बस्दा नि बिग्री जाने त केही रहेनछ ।अब कोरोनालाई सिकाइको रूपमा लिएर अर्गानिक खेती तिर लागौं, कौसी खेती गरौ, स्वास्थ रहौ ।आयु बढाउने काम गरौ । थोरै खाऔ अर्गानिक खाऔ । दालको झोल, चनाको झोल भिनडिको झोल, सागको झोल, गुर्जोको झोल, बेसारको झोल अधुवाको झोल, लसुन जिराजुवानोको झोल, भेलिको झोल मुलको सफा अर्गानिक पानी यी नै हुन आजको कोरोनाको औषधि । किनकी मानव शरिरमा रोग प्रतिरोधी क्षमता बढाउन यो भन्दा उत्तम विकल्प के नै पो हुन सक्ला र ? हरेक समस्या भित्रनै समाधान लुकेको हुन्छ ।त्यसलाई चिर्न सक्नुपर्छ। नकारात्मक सोचले बिरामी बनाउछ। सकारात्मक सोचले अगाडी बढाउछ।सकारात्मक सोचौं अगाडी बढने काम काम गरौ ।

    प्रकाशित : २० जेष्ठ २०७७, मंगलवार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु