कमल राज पुरी/गुल्मी-गुल्मीको मालिका गाउपालिकाले किसानहरुलाई कम्पोष्ट मल र विषादी वितरण गरेको छ । पछिल्लो समयमा यस क्षेत्रमा लगाईएको मकै खेतिमा गवारो र अमेरिकी फौजि किराले क्षेति गर्न थालेपछी किसानहरुमा निराशा छाएको थियो |
किसानहरुको मर्मलाई बुझेर खेतबारी अनुगमन गरि किराको पहिचान गरेर उपयुक्त बिषादी माग र प्रकोप क्षेत्रको आधारमा बितरण गरिएको मालिका गाउपालिका कृर्षि शाखा प्रमुख गोपाल भट्टराईले बताए ।
गाउपालिका भित्र रहेका ८७ ओटा कृर्षि सहकारी र कृर्षक समुहहरुलाई एउटा समुहमा ५ बोरा (२५० केजी ) पर्ने गरि वितरण गरिएको थियो ।