सप्तरीका मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ । लामो समय देखि मानव अधिकार क्षेत्रमा लागि निरन्तरण रुपमा काम गर्ने सप्तरी महादेवाका २७ वर्ष प्रकाशमणी राउतलाई नेशनल हयुमान राईटस अर्वाडवाट सम्मानित गरिएको हो ।
नेशनल हयुमान राइट संस्थाले राउतलाई समाजिक सिफाही अर्वाडवाट सम्मानित गरिएको छ । बिश्व कोरोना महामारीले बिभिन्न देश लगायत भारत र नेपाल समेत लकडाउन भोगीरहेको अवस्थामा राउतलाई समाजिक संजालवाट प्रमान पत्र सहित सम्मान गरिएको हो । नेपाली मानव अधिकारकर्मी सम्मानित राउत भारतका नेशनल हयुमान राइट संस्थावाट सम्मानित हुदाँ राउतलाई भारतिय बिभिन्न संघसंस्था,राजनैतिक कर्मी,बुद्धिजिवी, अगुवा सरकल ब्यक्ती,लगायत भारतिय मिडिया समेतले नेपाली राउतलाई धन्यवाद ब्यक्त गरिएको छ ।
समाजिक तथा मानव अधिकार क्षेत्रमा कार्यरत राउत नेपाल पिछडा वर्ग महासंघका केन्द्रिय बिधार्थी अध्यक्ष समेत रहेको हो । यस्तै करममा आफनो देश नेपालका बिभिन्न संघसंस्था तथा नेपाली जनता सहितले अग्रिम अझ सम्मानका शिखर चुम्ने कामना सहित शुभकामना प्रकट गरिएको छ ।