शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

बेलहिया नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २० गते, मंगलवार २०:१८

काठमाडौं- बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन्।भैरहवा (बेलहिया) नाका हुँदै उनी आमा बुबासहित नेपाल आएकाे रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए।

“बेलहिया नाका भएर आमाबुबासहित आउनुभएको छ। तर, हामीसँग समन्वय भएको छैन। सायद होटलमा क्वारेन्टाइनमा बस्नुहुन्छ होला”, एसपी थापाले भने। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको पूर्ण नक्शा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनलाई विवादमा तानेका थिए। अनावश्यक विवादमा तानिएपछि उनी नेपाल आउने प्रयासमा थिइन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको पूर्ण नक्शाबारे गरेको ट्वीटलाई उनले रिट्वीट गर्दै त्रिदेशीय समझदारीका आधारमा समस्याको समाधान गर्नुपर्ने बताएकी थिइन्। त्यही विषयलाई लिएर भारतीय मिडियाले विवादमा तानेका थिए। नेपालले पूर्ण नक्शा सार्वजनिक गरेसँगै नेपाल-भारतबीच विवाद उत्पन्न भएको छ। विशेषगरी भारतीय मिडियाहरूले अनावश्यक टीकाटिप्पणी गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु