• इमान्दार भरिया

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार २०:४९

    कुनै साहुको पसलमा भारी बोक्ने भरिया आफ्नो काँधमा नाम्लो डोरी सधै भिरेर हिंड्डुल गरेर कुनै कसैको भारी बोक्न र ज्याला लिन तयार भएर बसेको हुन्छ। कोही कसैले बजारमा सामान किनेपछि मलाई–मलाई भन्दै सामान किन्नेको पछाडि लाग्छ। समान बोकेर आफ्नो घरसम्म लानको लागि मोलतोल गर्छ। यति उति भन्दै भरिया दाइ र सामान किन्ने साहु बीच मोलतोल गरेर टुंगो लागेपछि काँधमा भएको नाम्लो लगाउंछ। कुन टोल कताबाट जाने भन्दै हिड्छ। साहुजी समान किन्नेर ऑउछु भन्छ। तिमी यो बाटो जाउ भन्दा भरियाले इमान्दारीका साथ साहुकै घरमा सिधै पुराउछ। नदेखे साहुलाई कुरेर बस्छ। साहु आयपछि भरियाले भारी पुराउछ र आफ्नो ज्याला लिन्छ। हुन्छ साउजी म जान्छु भन्दै आफ्नो बाटो लाग्छ। भरियामा ठूलो विश्वास हुन्छ।

     

    दलाल

     

    हाम्रो समाजमा हरेक कुराको दलाली हुन्छ। कुनै मानसम्मनको दलाल । ,जग्गाको दलाल, बाटो देखाउने दलाल,कुनै होटेल देखाउने दलाल, कुनै मानिसलाई के चाहिन्छ त्यसैको दलाल । गल्ली–गल्लीमा टिकेट काट्ने दलाल, कुरा गर्ने गराउने दलाल , खुद्रा–मसिना थुप्रै दलाल, सबैले जानेकै छ। राज्यका विभिन्न अंगमा ठूला दर्जाका दलाल राज्यक प्रमुखहरु दलाल विदेशीको प्रलोभनमा काम गर्ने दलाल आफ्नो अस्तित्व मेटायर अरुको अस्तित्व जोगाउन काम गर्ने दलाल। दलालले के गर्नु हुन्छ ? के गर्नु हुदैन भन्ने छैन। दलालको भर ,थर , गोत्र ,धर्म ,कर्म कुनै हुदैन। उसले आफ्नो हितको रक्षाको लागि जतिखेरपनि आफूलाई बदलिने गर्छ । गुण्डा र दलाल कुनैको एकलौटी हुदैन। सरसरति जहाँ जहिले पनि देखिन्छ। आजभोलि विश्वासघात गर्न पछि पर्दैन । बिरामीले सिरानीबाट खुट्टा पसार्ने तिर सिरानी फेर्यो भने त्यो बिरामी धरै दिन टिक्दैन भन्ने प्रचलन छ। जिम्मेवार मानिस दलाल भयो भने देशको अस्तित्व मेटिन्छ।

    (रामप्रसाद ढुंगाना, बेल्कोटगडी १ नुवाकोट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु