• अमृत भट्ट को नयाँ गीत “फोनबाटै देउ न चुम्मा”सार्वजनिक(भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १०:५१

    काठमाडौं । सुमधुर स्वरका धनि तथा छोटो समयमा नै निकै चर्चा बटुल्न सफल
    युवा गायक तथा संगीतकार अमृत भट्ट को नयाँ गीत “फोनबाटै देउ न चुम्मा”सार्वजनिक भएको छ।

    कोरोनाको महामारीसंगै सिंगो विश्वनैलकडाउनको चपेटामा परेको छ। यही चपेटामा माया गर्ने आफ्नो मान्छे टाढा हुँदा एक-अर्कासंग भेट हुन नसक्दाको पिडा घरबाटै भिडीयो कल मार्फत आफ्नो गुनासो पोख्दै छन् कलाकार अमृता भट्ट अनि समिर खान।

    भिडियोमा लकडाउनको बेलामा समेत जीवन्त अभिनय देख्न सकिन्छ। सुशिल डाँगीको छायाँकन र निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

    गीतमा गायक अमृत कुमार भट्ट र गायिका लसता जोशीको आवाज रहेको छ। अभिनेत्री समेत रहेकी अमृताको सब्दमा गायक अमृतको संगीत रहेको छ भने सन्तोष श्रेष्ठले गीतलाई मिठो धुनले संगीत संयोजन गर्नु भएको छ।
    भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु