८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचनआज १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवस्हेर्नुहोस् आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफलमहाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्नबाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरीइलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी'आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण भएको छ' :दिल्ली बहादुर सिंह -अध्यक्ष, विद्युत नियमन आयोगलुम्बिनीलाई क्रिकेट उपाधितीन दर्जन बढी मानिसहरू नेसपामा प्रवेश, बाबुरामले के भने?आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा

लकडाउनका कारण ज्युन समस्या भयो : नाई मजदुर संघ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते, बुधबार १६:१५

काठमाडौं, २१ जेठ – अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघले लकडाउनका कारण हात मुख जोर्न समस्या भएको बताएको छ ।सेवामुखी नाई ब्यवसायमा संलग्न पेशाकर्मीहरुले ६९ औ दिनसम्म आईपुग्दा जेनतेन लकडाउन झेलेको उल्लेख गर्दै यथासिघ्र लकडाउन खोल्नुपर्ने माग राखेको छ । संघले जेठ १९ गते प्रेस विज्ञप्ती जारी गर्दै सो माग राखेको हो । संघद्वारा जारी विज्ञप्तीमा उपत्यकामा करिब दश हजार शैलुनहरु रहेको उल्लेख गर्दै प्रति शैलुन सरदर चार जनाले रोजगार विहिन बन्नु परिरहेको जनाएको छ ।

संघका अध्यक्ष नागेन्द्र ठाकुर बब्लु द्वारा हस्ताक्षरित विज्ञप्तीमा शैलुन संचालकले घर भाडाको समस्या झेल्दै आएको उल्लेख गरिएको छ । साथै, संघले कोभिडको कहरसँगसंगै रोजीरोटीको समस्या पनि गासिएकाले समस्या समाधानको लागि सरकारको ध्यानाकर्शण गर्न चाहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु