प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

बोधिसत्व विहारका मास्टर हेगुवाङ शीलाई सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी स्वयम्भूले सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते, बुधबार २१:०६

काठमाडौ ।बोधिसत्वका मास्टर हेगुवाङ शीलाई सामुदायिक प्रहरीको सम्मान नेपालमा रहेका बोधिसत्व विहारका मास्टर हेगुवाङ शीलाई सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी स्वयम्भूले सम्मान गरेको छ । लकडाउनका बेला बोधिसत्व विहारले स्वयम्भू क्षेत्रमा गरेको समाजसेवाको कदरस्वरूप विहारका मुख्य सञ्चालक शीलाई सम्मान गरिएको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट सरुवा भई जान लागेका डिएसपी लालध्वज सुवेदीको बिदाइ र वृत्तमा आएका डिएसपी निरञ्जनदत्त भट्टको स्वागतका लागि आज आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष अमित पाण्डेसँगै डिएसपीद्वय सुवेदी र भट्टले शीलाई खादा ओडाएर सम्मान गरे ।

 

कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार राजु खरेल, विहारसम्बद्ध समाजसेवी शान्त शर्मा, समाजसेवी पत्रकार शिव अधिकारी अविरल लगायतको उपस्थिति थियो । बोधिसत्व विहार प्राणी सेवामा समर्पित बौद्ध धर्मावलम्बीहरूको अन्तर्राष्ट्रिय संस्था हो । ताइवानी नागरिक शी यसका मूल सञ्चालक हुन् । लकडाउनअघि नेपाल आएका शी लकडाउनका कारण यतै अड्किएका छन् । उनको नेपाल बसाइँले विहार मार्फत हुने मानवसेवाका कार्यक्रमलाई निकै व्यापक बनाएको छ । कोरोना महामारीबीच जारी लकडाउनयता विहारले स्वयम्भू आसपासका क्षेत्रमा मात्रै २५ हजारभन्दा बढीलाई नि:शुल्क खाना खुवाइसकेको छ ।

राजधानीभर एक लाखभन्दा बढीलाई नि:शुल्क खाना खुवाएको विहारले शिशुलाई ल्याक्टोजिन, बालक र वृद्धलाई सर्वोत्तम पिठोको लिटो र सुत्केरीलाई जडीबुटीजन्य औषधीसमेत बाँडिरहेको छ । मानव मात्र नभई सिङ्गो प्राणीजगतको सेवाको लक्ष्य राख्ने विहारले धार्मिक क्षेत्रमा आवागमन बन्द भएसँगै भोको पर्न थालेका स्वयम्भू क्षेत्रका बाँदरहरूलाई हरेक दिन चना खुवाइरहेको छ । विहारले देशभरका विभिन्न अस्पताल, सुरक्षा निकाय, राजधानी छिर्ने सबै नाकाका चेकपोस्ट र केन्द्रीय कारागारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री सहयोग गरेको छ । यसैबीच, विहारले जोखिम क्षेत्रमा सूचना संकलनमा खटिने  पत्रकारलाई पिपिई, प्रेस ज्याकेट, मास्क, ग्लब्स, स्यानिटाइजर उपलब्ध गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु