प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते, बिहीबार २०:३५

बुटवल-प्रदेश न ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।तीन दिनअघि पाल्पाको मिसन अस्पतालस्थित आइसोलेशन कक्षमा उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पोजेटिभ देखिएको छ ।गुल्मी, अर्घाखाची, बाँके र पाल्पामा गरी ४ जनाको मृत्यु भएको हो ।अहिलेसम्म ८९८ जना संक्रमित पुगेका छन् ।  पूर्वखोला गाँउपालिकाको सिलुवा घर भएका उनको उपचारका क्रममा मिसन अस्पतालमा निधन भएको हो ।

पूर्वखोला गाउँपालिकाको जल्पास्थित शम्भु माविको क्वारेन्टाइनमा भारतबाट आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि तानसेनस्थित मिसन अस्पतालमा उपचारका लािग ल्याइएको थियो । कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पतालले आइसोलेशन कक्षमा राखेर उपचार गरेको थियो । उपचारका क्रममा उनको मंगलबार निधन भएको थियो ।

मृत्युअघि र पछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पाल्पामा मृत्यु भएका पुरुषको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहिबार पुष्टि भएको हो । रिपोर्ट नआएकाले उनको शव तीन दिनदेखि अस्पतालमा रहेको थियो । अब कोभिड १९ को शब व्यवस्थापन मापदण्ड अनुसार उनको शब व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

पूर्वखोला गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार यही आइतबार राती ४५ वर्षीय पुरुष सहित ३९ जना बसमा संगै आएका थिए ।यससँगै ५ नम्बर प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ४ पुगेको छ ।-नागरिक आवाज

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु