केआर पुरी
गुल्मी
गुल्मीमा क्वारेन्टाइनमा बसेका एकजना व्यक्ति साथिको नगद पैसा र जिन्सी सामान मोवाइल लिएर फरार भएका छन । मालिका गाउपालिका वडा नम्बर ८ मालिका मावि मा रहेको क्वारेन्टाईनमा यो घटना घटेको हो ।
मालिका गाउपनलिका वडा नम्बर ७ घमिर घर बताउने ३५ बर्षका राजेन्द्र परियार क्वारेन्टाईनमा बसेको १२ अौ दिनका दिन सँगै बसेका साथीहरुको १० हजार नगद र १५/१६ हजार पर्ने मोवाईल चोरी गरि भागेका छन । उनले बताएको ठाउँ घमिरमा बुझ्दा उनको जन्मघर घमिर भएको र पछी बुवा बितेपछी आमा मावली मदानेको सिममा बसेको र उनि उतै हुर्केको खुलेको छ । उनी सँग आउने साथीहरुका अनुसार बुटवल सिद्धवावामा गाडी रोकेर म पनि ईन्डिया बाट आएको हु भनेपछी सोही गाडिमा सिमलटारी सम्म आएका थिए पछी साथिहरुसँग कुरा गर्दा ईट्टाभट्टा मा काम गर्थे भनेर बताउथे । उनी भाग्दाको राती मावलीमा गई वोलाएको उनका मामाले बताउछन तर ढोका नखोलेपछी उनकी आमा बस्ने ठाउँ विजुआर गएको हुन सक्ने आशँका गरिएको छ । सबैतिर उनको खोजीकार्य तिब्र भईरहेको मालिका गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टीका जिसी वताउछन ।।