तेक्वान्दो खेलाडीलाई सदस्य–सचिव सिलवालको राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते, शुक्रबार १७:३६

कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ ।
दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।
सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गरे । सदस्य–सचिव सिलवाल आफै उपस्थित भइ राहत वितरण गर्ने कार्यक्रम भएपनि कार्य व्यस्ताका कारण उपस्थित हुन पाएनन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु