काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण निको हुनेको संख्या ३३३ पुगेको छ । डिस्चार्ज हुनेमध्ये २७२ पुरुष र ६१ महिला छन् ।
आज देशभरका आइसोलेसनमा उपचाररत ४३ संक्रमित निको भएर डिस्चार्ज भएपछी सो संख्या पुगेको हो ।
धरानबाट ७-११ दिनमा १५-४५ वर्षका ३ जना व्यक्तिहरु निको भएर फर्किएका छन् ।
त्यस्तै, विराटनगरस्थित कोशी अस्पतालबाट ४ महिला सहित २७ जना डिस्चार्ज भएका छन् । उनीहरु १६ देखि ५७ वर्षका उनीहरु ६ देखि ११औँं दिनमा संक्रमणलाई जितेर डिस्चार्ज भएका हुन् । बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पतालको आइसोलेनमा रहेका १६-५५ वर्षका १ महिलासहित १३ जना डिस्चार्ज भएका छन् । उनीहरु १४ देखि ३० औँ दिनमा डिस्चार्ज भएका हुन् ।
यसरी हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन् । त्यसैगरी, प्रदेश ५ मा ९२ र कर्णाली प्रदेशमा २ मा सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन् ।