आज अमेरिकी डीभीको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते, शुक्रबार २१:०७

काठमाडौं – अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा शनिवार सार्वजनिक हुने भएको छ । डीभी २०२१ को नतिजा भोलि राति ०९.४५ बजे सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा भोली डीभी २०२१ को नतिजा सार्वजनिक हुने जानकारी गराएको हो । दूतावासले जतिजा हेर्ने तरीकाको कारे पनि बताएको छ ।

नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया भोली जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा हेर्नुहोला। यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु