• गुल्मीको क्वारेन्टाइनबाट चोरी गरि फरार व्यक्ति प्युठानमा पक्राउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार २२:३२

    कमल राज पुरी/गुल्मी-गुल्मीको मालिका गाउपालिका वडा नम्बर ८ सिमलटारीमा रहेको मालिका मा वि को क्वारेन्टाइन बाट पैसा र मोवाईल चोरी गरि फरार भएका मालिका गाउपालिका वडा नम्बर ७ घमिरका राजेन्द्र परियार प्युठान प्रहरीको समन्वयमा प्युठानको मच्छी र विजुवारको बिचमा पक्राउ परेका छन ।

    उनी बुटवलको सिद्धबाबा बाट बस चढि भारतबाट सिमलटारी आउने १४ जनाको समुहमा आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेको १२ अौ दिनका दिन सँगै बस्ने साथीको मोवाईल र पैसा चोरी गरेर फरार भएका उनी चार दिनपछी प्युठानमा फेला परेका हुन ।प्युठान प्रहरीका अनुसार उनले चोरी गरेको पैसा खर्च गरेर सकिसकेको बताएका छन भने मोवाइल फेला परेको छ ।

    उनलाई फेरि गुल्मीको क्वारेन्टाइनमा ल्याउन समस्या हुने भएकाले प्युठानमा नै क्वारेनटाईनमा राखिएको मालिका गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टीका जिसीले बताए । उनी यस भन्दा पहिले पनि चोरीमा सँलग्न भएको कुरा खुलेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु