• ‘माया मारेर’ बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार ११:५०

    काठमाडौँ – गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा ‘माया मारेर’ बोलको गीत सार्वजनिक भएको छ ।
    गीतको शब्द र संगीत खातीले नै दिएका छन् । गीतका एरेञ्जर कृष्ण बिक हुन् ।
    गायक खातीले यसअघि ‘मेरी छोरी’ बोलको गीत ल्याएका थिए । सो गीतले एक करोडभन्दा धेरै भ्यु पाएको थियो । सो गीतबाट खुसी भएका गायक खातीले पुनः अर्को गीत ल्याएका छन् ।
    म्युजिक भिडियोको निर्देशन गायक खातीले नै गरेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
    म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीले अभिनय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु