नेपालमा कोरोना भाइरसको संक्रमित सख्या ३ हजार २ सय ३५

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते, शनिबार १७:०५

काठमाडौ, २४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित संख्या ३ सय २३ जना थपिएको जानकारी दिएका हुन् ।

वैशाखभर दुई सयको लाइनमा रहेकोमा जेठको २४ गतेसम्म आइपुग्दा ३ हजार संक्रमित संंख्या पुगेको छ । सक्रमित संख्या दिनानुदिन बढ्ने क्रम जारी छ ।यसैगरी,कोरोना संक्रमणबाट मृतक संख्या १२ पुगको छ ।

आज डोल्पामा मृत्यु भएका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु