• नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १७:२३

    काठमाडौं । शनिबार थप दुई जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्युु भएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

    जेठ २१ गते राति २ बजे जगदुल्ला डोल्पामा ज्यान गुमेका ५१ वर्षीय पुरुषमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी दमको रोगी थिए ।

    त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेकी ५५ वर्षीया मिर्गौला रोगीको जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु