कमल राज पुरी
गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोना मुक्त भएका छन । गुल्मीमा पहिलो पटक जेठ ५ गते पहिलो पटक मदाने गाउपालिका का शिक्षकलाई कोरोना पुष्टि भएको थियो । छिमेकी गाउपालिकामा कोरोना पुष्टि भएपछी धुर्कोट गाउँपालिका का स्थानिय व्यापारी ,जनप्रतिनिधी, पत्रकार सवारी चालक,प्रहरी लगायतको स्वाब सँकलन गरि परिक्षणको लागि पठाइएको थियो ।
जेठ १२ गते गाउँपालिका अध्यक्ष सहित अर्का एकजनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए सँगै गाउँपालिका अध्यक्षले विज्ञप्ती निकालेर आफुलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका थिए ।
जेठ १८ गते पुन स्वाब सँकलन गरि पठाईएको थियो । २४ गते आएको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोना मुक्त भएका छन ।।