पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • उत्पादकत्व बढाउन आवश्यक छ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार २०:५२

    रामप्रसाद ढुंगाना,
    (बेल्कोटगडी १ नुवाकोट)

    समग्र देशका युवायुवती ज्ञान आर्जन गरेर विज्ञानको खोज गर्दछन। ज्ञानले विज्ञान खोज्छ, विज्ञानले भौतिक परीवर्तन गर्दछ । त्यसबाट विभिन्न चिजको उत्पादन गर्दछ । सिङ्गै देशलाई सेवा उपलब्ध हुन्छ। नेपालको एउटा मानिस सिङ्गै देशको सम्पति हुन्छ, तर कुनै पनि मानिसबाट देशले केहि पाउन उ अनुशासित हुनुपर्छ । मानिसले ज्ञानसिप सिक्नुपर्छ। ज्ञान एउटा धनुस हो । बाण एउटा बिज्ञान हो। बाणले भौतिक परिवर्तन गर्दछ ।

    जस्तै ; बन्दुकमा गोली बनाएर हालिन्छ अनि पडकाइन्छ,त्यसले परिणाम दिन्छ। कुनै नेपालीले पनि म सिङ्गै देश हु । देश मेरो हो भन्ने भाव राख्नु पर्छ । हरेक योजना बनाउदा आत्मनिर्भर बन्ने खालको बनाउनु पर्छ । एउटा किसान खेतबारीमा काम गर्दछ । लामो समय उसले उच्च ज्ञान हासिल गर्दछ। ऊ त्यो बिषयको ज्ञाता हुनुपर्छ । एउटा बिद्यार्थी कुनै बिषयको अनुसन्धान गर्छ भने त्यो बिषयको बैज्ञानिक पक्षमा आधारित रहेर गर्नुपर्छ । यस्तै सबै क्षेत्रबाट देश निर्माणको लागि खर्चिनु पर्दछ । कुनै पनि युवा आकाशको चम्किलो तारा हुन्छ। उत्पादन गराउने जिम्मा राज्य संचालकको हुन्छ।

    आ ब २०७७/७८को बजेट हेर्दा सुन्दा कुनै पनि हालतमा समाजलाई उचाल्ने खालको छैन । अझ भनौ उन्नतीशिल होइन पुरानो परम्परालाई धान्ने मात्रको छ । उद्योग तर्फ के संचालन गर्ने ? के कति उत्पादन गर्ने ? ३ करोडलाई कसरी सेवा पुर्याउने भन्ने छैन। कृषि उत्पादन ३ करोडलाई धान्ने छ ? । शिक्षा प्राइभेट कलेजले स्कुलले सरकारी समुदायलाई सहयोग गर्ने भन्ने छ । के यो नै हो समाजवाद ? स्वार्थ रहित तबरले यो महामारीलाई थेग्ने ताकत सरकारी योजनामा होला ? कुनै अर्को विकल्प छ ? साधारण तर्फ औषधी गराउने हैसियत छ ? विदेशबाट फिर्ता आएका मानिसलाई के काम दिने वा के गराउदा उत्पादन हुन्छ ? जनशक्ती खपत हुन्छ ? केहि छ ? भारतबाट ७० अर्बको खाद्य वस्तु आयात हुन्छ । यहाको उत्पादनले कति पुग्छ ? केहि हिसाब छ ? यो सरकार हो कि कुनै कम्पनी हो ? स्वरोजगार कोषबाट खर्च गरेको भक्तपुरबाट आउने हनुमंते खोलामा कति युवाले रोजगार पाए जनसमक्ष हिसाब आउछ ? यो नै समाजवादी बजेट हो ?

    प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु