भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • विश्वभर कोभिड-१९ बाट झण्डै ७० लाख संक्रमित , मृत्यु हुनेकाे संख्या ४ लाख नाघ्याे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार ०८:१५

    काठमाडाैं, २५ जेठ । विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ४ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ४ लाख १ हजार ९६४ पुगेकाे छ ।

    विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ७० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ८ गुणा बढी हाे ।

    पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार १ सय ७७ जनाकाे मृत्यु भएकाे छ । शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ९८ हजार १२५ थियाे भने संक्रमित हुनेकाे संख्या भने ६८ लाख ४३ हजार ९१५ थियाे ।

    कुन देशकाे अवस्था कस्ताे ?

    अमेरिका

    कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १९ लाख ८८ हजार ५४४ पुगेकाे छ ।

    संक्रमितमध्ये ७ लाख ५१ हजार ८९४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख २४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाकाे अवस्था गम्भीर रहेको छ ।

    ब्राजिल

    अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ६ लाख ७३ हजार ५८७ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ३५ हजार ९५७ पुगेकाे छ ।

    संक्रमितमध्ये ३ लाख २ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ३ लाख ३५ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

    रूस

    रूस पनि काेराेनाभाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म त्यहाँ ४ लाख ५८ हजार ६८९ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ५ हजार ७२५ पुगेकाे छ ।

    संक्रमितमध्ये २ लाख २१ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ३१ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।।

    स्पेन

    कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८८ हजार ३९० पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार १३५ जनाले ज्यान गुमाएका छन् ।

    कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६२ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

    बेलायत

    अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ४० हजार ४६५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ८४ हजार नाघेकाे छ ।

    भारत

    छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

    अहिलेसम्म भारतमा २ लाख ४६ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ६ हजार ९४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये १ लाख १८ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख २० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

    इटाली

    काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३३ हजार ८४६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ३४ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।

    कुल संक्रमितमध्ये १ लाख ६५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ३५ हजारमा काेराेना सक्रिय रहेकाे छ भने २९३ काे अवस्था गम्भीर रहेकाे छ ।

    चीन

    कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ६७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार ३२९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८३ हजार ३० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

    नेपाल

    नेपालमा पनि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ३ हजार २ सय ३५ पुगेकाे छ । संक्रमितमध्ये ३६५ जना पूर्णरूपमा निकाे भएका छन् भने १३ जनाकाे ज्यान गएकाे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु