दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जातीय विभेदविरुद्ध रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते, आईतवार १३:००

काठमाडौं । विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानले जातीय विभेदविरुद्ध रक्तदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष विजय घिमिरे विश्वकर्माले मंगलबार चावहिल चोकमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

सगरमाथा आरोहीसमेत रहेका उनले दिउँसो १२ बजेबाट प्रहरी बिट पश्चिम रक्तदान गरिने जनाए । उनले रक्तदानजस्तो पूण्य र महान सामाजिक काममा सहभागी हुन सबैलाई आव्हान पनि गरेका छन् । रुकुममा भएको जातीय विभेदको घटनाले आफूहरुलाई पीडा परेको भन्दै उनले तत्काल दोषीलाई कारवाही गर्न र पीडितलाई न्याया दिन आग्रह गरेका छन् । जातीय विभेदको अन्त्य र समतामूलक समाजको स्थापना गर्न र त्यो घटनामा दोषीलाई हदैसम्मको कारवाही होस् भनेर पनि रक्तदान गरिएको उनको भनाई छ । सडक आन्दोलन, जुलुस र विरोध गर्नुभन्दा पनि सामाजिक रुपमा चेतना फैलियोस् भनेर फरक प्रकारको कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् । उनले रक्तदानका लागि ९८६२८६४११९ मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु