काठमाडौं । जाजरकोटको भेरी नगरपालिका सोतीमा भएको दुःखदायी घटनालाई सम्झँदै नेपाली कांग्रेसको नेपाल दलित विद्यार्थी संघले काठमाडौंमा दीप प्रज्वलन गरेको छ ।
संघका अध्यक्ष राजु सुनारले १३ औ दिनको स्मृतिमा शनिबार साँझ गोकर्णेश्वर नगरपालिकामा दीप प्रज्वलन गरिएको बताए । यही घटनालाई लिएर संघसहित अन्य संघसंस्थाले उपत्यकामा प्रदर्शन गर्दै आएका छन् । गोकर्णेश्वरको गणेश चौक र मिजार टोलमा सम्झना स्वरुप दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा संघको व्यानरमा प्रदर्शन गरिएको थियो भने प्लेकार्डहनरु पनि देखाइएको थियो । दिवंगत ६ जनाको आत्माको चीरशान्तिको कामना र दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन र कार्यक्रम गरिएको अध्यक्ष सुनारले बताए ।
सुनारले पूर्वमन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा सांसद मिनबहादुर विश्वकर्माको समन्वय र सल्लाहमा कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।