प्रदेश २ नीति तथा कार्यक्रम : कृषि र पशुपालन प्राथमिकतामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २५, आईतवार १८:१८

जनकपुर- प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको छ ।

आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माछा र मासु तथा दुग्धजन्य पशुपालनमा जोड र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने भनिएको छ ।

हरेक स्थानीय तहमा पशु सेवा र कृषि ज्ञान केन्द्रको शाखा विस्तार गर्ने तथा किसानलाई दक्ष सीपयुक्त बनाउनुका साथै कृषि क्षेत्रमा अनुदान बढाउने विषयमा जोड दिइएको छ ।

प्रदेशको आन्तरिक स्रोतसाधनमा आधारित प्रांगारिक र जैविक मल उत्पादन, कृषिजन्य उद्योग व्यवसाय स्थापना र सञ्चालनमा सरकारी सहयोग बढाउने, धूलो दूध उत्पादनका लागि लगानी गर्ने र कृषि सहकारीलाई प्रवर्धन गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै, वीरगन्जको चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनका लागि पहल गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु