गल्याङ नपाका स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा फेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते, सोमबार ०६:५१

कमल राज पुरी – स्याङ्जाको एक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुण्डीएको अवस्थामा फेला परेका छन् । गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला बल्लउ भण्डारी जेठ २५ गते झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

२५ गते बिहान बाट सम्पर्क विहिन भएका उनी साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला परेका हुन । गल्याङ नगरपालिका वडा नंम्वर २ बटुवा निवासी उनी गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा काम गर्दै आएका थिए तर केही दिन अगाडि अनावस्यक तनाव भयो भनी स्वास्थ्य शाखा प्रमुख बाट राजिनामा दिने कुरा गरेको परिवारले वताउछ ।

अहिले शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ भने घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु