• बुर्तिबाङमा २५ सैयाको आइसोलेसन कक्ष निर्माण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १३:३५

    कमल राज पुरी- बाग्लुङ जिल्लामा कोरोना सँक्रमित बढन थालेपछी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा २५ सैयाको आइशोलेसन कक्ष निर्माण गरिएको छ ।

    पश्चिम बाग्लुङका चार पालिकाहरुको निर्णय अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २० जना पुरुष र ५ जना महिला का लागि एट्याज बाथरुम सहितको सुविधा सम्पन्न आइशोलेसन कक्ष निर्माण गरिएक‍ो ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले बताए ।

    आइशोलेसन कक्षमा टिभी र वाइफाइ पनि जोडिएको छ । निर्माण पछी आइतवार सँक्रमित भएका ढोरपाटन नगरपालीका वडा नम्बर ५ का युवालाइ पनि यहि आइशोलेशनमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु