कमल राज पुरी- गुल्मीको धुर्कोट गाउपालिका प्रमुख भुपाल पोख्रेल १४ दिनको एकान्त बास बाट बाहिर निस्केका छन । गुल्मीमा पहिलो पटक जेठ ५ गते मदाने गाउपालिकामा कोरोना सँक्रमित भेटिएका थिए ।
नजिकको पालिका मदानेमा सँक्रमित फेला परेपछि धुर्कोट गाउपालिकाले पनि स्थानिय व्यापारी, पत्रकार ,प्रहरी , जनप्रतिनिधी लगायतको स्वाब सँकलन गरि परिक्षण गर्न पठाउदा जेठ १२ गते २ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेहरुमा एकजना धुर्कोट गाउपालिका प्रमुख भुपाल पोख्रेल रहेका थिए ।
कोरोना पुष्टी भएपछी विज्ञप्ती निकालेर आफुलाई कोरोना पुष्टि भएको र घरमै एकान्तबासमा बसेको जानकारी गराएका थिए । जेठ १८ र २३ गते गरिएको पुन परिक्षणमा दुवै रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोना मुक्त भएका थिए । कोरोना मुक्त भएपछी धुर्कोट गाउपालिकाको कार्यालय परिसरमा जिल्ला कृर्षि ज्ञान केन्द्र गुल्मीले उपलब्ध गराएका ओखर ,एभोकाडो ,रुद्राक्ष लगाएतका विरुवाहरु रोपी १४ दिनको एकान्तवास बाट बाहिर निस्केको उनले बताएका छन ।
साथै उनी भन्छन ” मानवजातिले बिकासको नाममा प्रकृतिमाथी अत्यधिक दोहन गर्दा आउने यस्ता विपत्तिले मानव जातीलाई नै चुनौति दिनेगरी अहिले विश्वव्यापी सँकट पैदा भएको छ ।”