• अत्ति अशक्त,अपाङ्गता भएका लाई खाद्यन्न सामग्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार २१:५९

    काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । युवा अपांग संगठन नेपालको पहलमा आज अत्ति अशक्तअपाङ्गता भएका व्यक्तिहरुलाई गोकर्णेश्वर स्थित मोसेस क्लबको चौरमा सामाजिक दुरी कायम गरि ४० परिवारलाई अत्यावश्यक खाद्यन्न सामग्री वितरण गरिएको छ।

    Bhakta BB helping hands ,Third eye youth club,Nepal Japan gitu सामाजको सहयोगमा राहत वितरण मा बागमती प्रदेशसभा सदस्य मा. छिरिङ्ग दोर्जे लामा,गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष रमेश अर्याल, Third Eye Youth Club का अध्यक्ष सुरेश थापा मगर , Bhakta BB Helping Hands For humanity का अध्यक्ष पुरस्त्तमराज भण्डरी लगायत सस्थाका सदस्यहरु सहित स्थानीयको उपस्थितिमा खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

    विगत १० वर्षदेखि जोरपाटीमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको संगठनले अपाङ्ग ,अशक्त भएका व्यक्तिलाई आत्मानिर्भर बनाउने उद्देश्यले विभिन्न रोजगार कार्यक्रम समेत चलाउदै आएको छ ।यस अघि पनि सगठनले लकडाउनका बेला विभिन्न स्थानमा पुगेर अप्ठेरोमा बिपन्न अपाङ्गता परेकाहरूलाई ४००जना लाई सहयोग गरिसकेको छ।

    यस्तो विषम परिस्थितिमा खाद्यन्न सहयोग गर्ने सबै दाताहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको संस्था को अध्यक्ष प्रकाश श्रेष्ठ ले जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु