उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

रुपन्देहीको तिलोत्तमामा सँगै काम गर्ने व्यक्तिले गरे ५ जनाको हत्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते, मंगलवार ११:५०

रुपन्देही-  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार, मैनैयामा सामुहिक हत्याकाण्डमा मारिने पाँचै जनाको पहिचान भएको छ । गएराती १ महिला र ४ पुरुषको मृत्यु भएको हो । मारिनेमा ३७ वर्षिया जानकी मुसहर, ४० वर्षिय माधव मुसहर, १४ वर्षिय पोखराज मुसहर, १७ वर्षिय करण चौधरी र १७ वर्षिय आशिष चौधरी रहेका छन् । प्रारम्भीक जानकारी अनुसार मृतक माधब र जानकी श्रीमान श्रीमती भएको र उनीहरु रुपन्देहीको सैनामैना बालापुरका हुन् । कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत ६ जनामध्ये ५ जनाको हत्या भएको हो।

घटनास्थलमा संलग्न भएको आशंकमा प्रहरिले सुर्खेतका ३२ वर्षीय झसेन्द्र सिञ्जालीलाई पक्राउ गरेको छ । उनी लागु पदार्थ दुव्र्यसनी हुन । घटनास्थलमा रगतले पोतीएको कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने प्रहरीले बताएको छ । फार्ममा ६ जना कामदार थिए । पक्राउ परेका सिंजाली पनि सोही फार्मका काम गर्ने कामदार हुन । घटनाको अनुसन्धान भइरहेको प्रहरिले बताएको छ ।

स्थानीय कृष्ण पुनले सञ्चालन गरेको पशु फार्ममा उनीहरुको सामुहिक हत्या भएको हो । घटनामा मृतक आशिष र करण चौधरी स्थानीय बासिन्दा हुन् । फार्ममा काम गर्ने पोखराज साथी भएको हुनाले उनिहरु फार्ममा गएको हुनसक्ने इलाका प्रहरी कार्यालय मँगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी गराए ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू स‌ंलग्न रहेको बताएका छन्‌। हत्याको कारण खुलिसकेको छैन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु