नयाँदिल्ली- ‘अनलक-१’ योजना ल्याएर लकडाउन खुकुलो बनाउँदै लगिएको भारतको तलंगना राज्यमा फिल्म र टीभी कार्यक्रमको सुटिङ फेरि शुरु गर्न अनुमति दिइएको छ।
मुख्यमन्त्री चन्द्रशेखर रावले सीमित संख्यामा जम्मा भएर सरकारी दिशा निर्देश पालना गर्दै सुटिङ थाल्न अनुमति दिइएको बताए। निर्माता-निर्देशकहरूले पोस्ट प्रोडक्सनको काम पनि शुरु गर्न सक्ने उनको भनाइ छ।
हालै ख्यातिप्राप्त अभिनेताहरूले मुख्यमन्त्री रावलाई भेटेर सुटिङ शुरु गर्ने वातावरण तयार पार्न आग्रह गरेका थिए। तमिल भाषा र बलिउडका फिल्महरू तेलंगनामा सुटिङ हुने गरेका छन्।
सिनेमा हलहरू भने तत्काल नखुल्ने उनले स्पष्ट गरे। हालै ख्यातिप्राप्त अभिनेताहरूले मुख्यमन्त्री रावलाई भेटेर सुटिङ शुरु गर्ने वातावरण तयार पार्न आग्रह गरेका थिए। तमिल भाषा र बलिउडका फिल्महरू तेलंगनामा सुटिङ हुने गरेका छन्।
विज्ञहरूको भनाइमा कोरोना भाइरसको महामारीबाट भारतीय फिल्म उद्योगमा भएको नोक्सानी कभर गर्न आगामी दुई वर्ष लाग्न सक्छ। हालसम्म १५ सय करोड रुपैयाँको नोक्सानी भइसकेको अनुमान छ।