दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीका फाेहाेरा, केही पक्राउ (फोटो फिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते, मंगलवार १६:४९

काठमाडौं-  सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।

कलाकार, व्यवसायी, विद्यार्थी र विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुले स्वस्फूर्त रुपमा प्रधानमन्त्री निवास नजिक गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण भएको छ।

शान्तिपूर्ण धर्नामा बसेकाहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा पनि छ्यापेको छ। प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग गरेका छन्। त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्।

उनीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन्।

सबै तस्बिर: दिनेश श्रेष्ठ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु