बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

बुटवलका घरबेटीको विज्ञापन : ‘कोठा खाली छ तर तल्लो जातको लागि होइन’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते, मंगलवार १८:२४

बुटवल – प्रदेश नं. ५ को अस्थाई राजधानी हो बुटवल तर राजधानी बुटवलमै जातिय विभेदको घटना भने बढ्दो क्रममा छ ।बुटबलको देबिनगरस्थित वडा नं. ११, अग्नीपथमा घर भएकी माया घिमिरेले सोही स्थानकी मिठु परियारलाई दलित भन्दै कोठा दिन अस्विकार गरेपछि पीडित परियारले आफु अन्यायमा परेको बताएकी छिन् । “म यही जेठ २५ गते घिमिरेको घरमा कोठा खाली छ भन्ने थाहा पाएर गएकी थिएँ । मलाई कोठा मन परेको थियो ।

कोठाको मोलतोल भएपछि घरबेटीले जात सोध्नु भयो । मैले परियार थर बताएपछि उहाँले सिधै दिन्न भन्नु भयो,” पीडित परियारले भनिन्, “जातले के फरक पर्छ र ? म पनि त तपाई जस्तै मान्छे हो, कृपया मलाई कोठा दिनुस् भन्दा, उहाँले ‘मेरो श्रीमानले तल्लो जातलाई किन कोठा दिएको भनेर मलाई गाली गर्नुहुन्छ, सासुआमा आउनु हुन्छ उहाँको लागि पनि मैले कोठा दिन मिल्दैन’ भन्नु भयो, मैले केही भन्न सकिन ।”घिमिरेका श्रीमान भारतीय सैनिकमा जागिरे छन् । दुई छोरासहित उनी अग्नी पथमा बस्दै आएकी छिन् ।उनको घरको माथिल्लो तलामा २ वटा र भुईतलामा २ वटा कोठा खाली छन् । कोभिड १९ सुरु भएयता उनका दुबै तलाका कोठा खाली भएका थिए ।

देशमा जातीय विभेद उन्मुलन भएको कागजी घोषणा भएको १४ वर्ष बितिसक्दा पनि जातीय बिभेदका यस्ता घटना हुनु निन्दनीय भएको बताउँछन् संबिधान सभाका सभासद तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी । पीडितले न्याय पाउनु पर्ने र पीडकलाई प्रचलित कानुन अनुरुप कारवाही हुनु पर्ने उनको भनाई छ ।आफुले न्याय नपाएसम्म कानुनी लडाईँ लडिरहने पीडित परियारको भनाई छ । जातीय बिभेदका बरेमा बुझ्न खोज्दा पीडक घिमिरेले फोन उठाइनन् । घटनाका बारेमा बुझ्न भन्दै पीडित र अधिकारकर्मी उनकै घरमा पुगेका थिए । तर उनी घरबाट फरार भएकी छिन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु