दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजसेवी ताराबहादुर कुँवरले लकडाउनमा समस्यामा परेका नागरिकलाई निरन्तर राहत वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते, मंगलवार २१:०१

काठमाडौं । काठमाडौ बाफलका समाजसेवी ताराबहादुर कुँवरले लकडाउनमा समस्यामा परेका नागरिकलाई निरन्तर राहत वितरण गर्दै आएका छन् । उनले सोमबार आठौ चरणको राहतस्वरुप चामल र दाल, तेल, चिनी, साबुनलगयतका सामग्री वितरण गरेका छन् ।

सधैजसो शनिबार राहत वितरण गर्ने उनले यसपालि भने सोमबारमात्र वितरण गरेका हुन् । कार्यक्रममा काठमाडौं ८ का प्रतिनिधिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, काठमाडौ महानगरपालिका १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, वडा सदस्य रामबाबु कोइरालालगायतको सहभागिता थियो । कुँवरले सोमबार १ सय ५० परिवारलाई राहत वितरण गर्दा उनीबाट राहत पाउनेको संख्या ७ सयभन्दा बढी पुगेको छ । सामाजिक अभियन्ता र व्यवसायी उनले समाजका हरेक क्रियाकलापमा चासो राख्दै समस्या परेका नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् । कोरोना भाइरसको त्रासका कारण मानिसको जनजीवन संकटपूर्ण बन्दै गएपछि उनले कुनै पनि नागरिकले खान नपाउने अवस्था नआओस् भनेर सहयोग गरेको बताउँछन् । सामान्य व्यवसाय गर्दै आएका उनी आफूसँग प्रशस्त धन सम्पत्ति भएर भन्दा पनि नागरिकलाई सहयोग गर्नुपर्छ भनेर लागेको बताउँछन् ।

कार्यक्रममा सांसद श्रेष्ठले स्थानीय तहले पनि राहत वितरण गरिहेको बताए । उनले यस किसिमका सामाजिक भावना बोकेका मानिसले राहत वितरण गर्नु प्रशसनीय र उदाहरणीय भएको बताए । राहत वितरण गरेको प्रत्येक दिन मानिसको संख्या बढ्दै गएकाले व्यवस्थापनामा समस्या परेको भएपनि आफ्नो अभियान निरन्तर चलिरहने बताउँछन् । सोमबारको कार्यक्रममा मानिसको घुँइचो बढी भएपछि कालिमाटी प्रहरीको सहयोग लिनुपरेको थियो । सुरुमा आफ्नै प्रयासबाट एक्लै लगानी गरेपनि अहिले यो अभियान चलाउन अहिले विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएकोमा उनले सहयोगीलाई धन्यवाद दिएका छन् । कुँवरले सहयोगी मनहरु अझै पनि उत्साहित भएको जनाएका छन् ।

राहत वितरणको तस्विर फेसबुकमा राखेपछि अरुलाई पनि हौसला पुग्छ भन्ने सोचेका उनले फेसबुकमा फोटो हालेर राम्रो काम गरेको बताए । कहिलेकाँही आफूमाथि भएका आलोचनालाई पनि उनी स्वभाविक मान्छन् र आफ्नो जस्तो गरेर देखाउन पनि आग्रह गर्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु