चञ्चल मान मनोमानि गर्दै गयो
रोकेर आत्मिय वनाउनै सकिएन
निर्भय हुनै सकिएन
कता कता एउटा कुनामा
मरिन्छ कि भन्ने डरले
जरोगाडी रह्यो ।
(१)
यो डर संग डराएर
पल पल मर्नु भन्दा
निडर भएर
एकैपटक मर्नु जाति
(२)
डर पनि अचम्मको छ
कहिले रोग भएर तर्साउँछ
कहिले भोक भएर सताउँछ
अहिले रोगको विरुद्ध भन्दा
भोक संग डराउनु पर्ने भयो
झण्डै डेढ महिना भयो
रोग संग भन्दा
भोकैमरिने त्रास वढ्यो
(३)
आज पनि यस्तै भयो
सवै साथिहरु मर्ने भयले काँपे
वरु कैदिको जीवन ज्यून तयार भए
लाछिहरु
श्रष्टाको नियम मिच्ने आँट कसको छ ?
मृत्यू संग केको डर
(४)
म एक्लै निस्कीएँ
जावो मृत्यू संग डराएर वाच्नु पर्ने
नाथे जिन्दगी
लुते भएर वाँच्नु भन्दा
पैंठजोरि खेलेर इतिहास लेखौं ।
—आर्यालय