• नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा सिटौला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १५:१५

    काठमाण्डौं । जेष्ठ २८ । नेपाली काँग्रेसको सुभेछुक संस्था नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा शिवपुरी गाँउपालीका ८ निवासी हरी सिटौला मनोनीत भएका छन् ।
    बिगत २७ बर्ष देखी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय सिटौला लामो समय देखि राजनीति र समाजसेवामा सक्रिय रहंदै आएका छन् ।
    सिटौलाले नेपाली काँग्रेस नुवाकोटको दुई कार्यकाल आमन्त्रीत सदस्य, दुई कार्यकाल तात्कालीन नेपाली काँग्रेस थानापति गाबिसका इकाई सचिब तथा पार्टीका बिभिन्न जिम्मेवारीमा रहेर काम गरीसकेका छन् ।
    नेपालमा बहुदलीय राजनीति सुरु भएपछि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका सिटौलाले २०५० सालमा नेपाली काँग्रेसको सक्रिय सदस्यता पाएका थिए । त्यस यता पार्टीका बिभिन्न जिम्मेवारीमा रहंदै आएका सिटौला नेपाली काँग्रेसका एक इमान्दार नेताको रुपमा चिनिन्छन् । सभापति सिटौला मात्र होइन उहाँको पिता र माता समेत काँग्रेसको सक्रिय राजनीतिमा रहनु भएको थियो ।
    उनका पिता किर्तीराज सिटौला नुवाकोटको थानापति ७ का पुर्व वडा अध्यक्ष समेत हुन् । किर्तीराज सिटौलाको कार्यकालमा थानापतिको सामाजीक र आर्थिक बिकासमा महत्वपुर्ण योग्दान दिएको भन्दै अहिले पनि पुराना काँग्रेसीहरुले स्मरण गर्ने गरेका छन् ।
    त्यस्तै उनका आमा स्व अम्बीका सिटौला नेपाली काँग्रेसको महासमिति सदस्य तथा नेपाली काँग्रेस नुवाकोटको महिला संघको अध्यक्ष तथा पटक पटक काँग्रेसको महाधीवेशन प्रतिनिधिको रुपमा रहेर पार्टीको निम्ती योग्दान दिनुभएको थियो ।
    काँग्रेसी पारीबारीक पृष्ठभुमिमा राजनीति गरिरहेका सभापति सिटौलाले राजनीति र सामाजीक कार्यमा समेत उच्च आफनो छबि बनाउन सफल छन् ।
    यता नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको नुवाकोट जिल्ला सचिबमा नेपाली काँग्रेस नुवाकोटका युवा नेता शंकर पाण्डे मनोनीत भएका छन् । पाण्डे नेपाली कांग्रेसका कृयासिल सदस्य, त्रिभुवन त्रिसुली बहुमुखी कलेजको पुर्ब स्वबियु सभापति, नेपाल बिधार्थी संघ नुवाकोटको सचिव रहेर काम गरिसकेका छन्

    मनोनीत भएका अध्यक्ष हरी सिटौला र सचिब शंकर पाण्डेलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बधाई र सुभकामना दिंएका छन् । सभापती केसीले महासंघले नुवाकोटबाट दुवै योग्य व्यक्तिको छनोट गरेकोमा धन्यवाद समेत दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु