• पाल्पा अर्गली- रुपन्देही जनसम्पर्क मञ्च बुटवलले गर्यो राहत वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार २०:५५

    बुटवल / सुदिप पाण्डे -कोभिड-१९ कोरोना भाइरसका कारण लकडाउनको समस्यामा परेका तानसेन नगरपालिका वडा नं. १४ अर्गली निवासी अति विपन्न्न र असहाय ३५ परिवारलाई मगंलबार पाल्पा अर्गली- रुपन्देही जनसम्पर्क मञ्च बुटवलले राहत वितरण गरेको छ ।लकडाउनका कारण पर्न गएको समस्यालाई मध्यनजर गर्दै मञ्चको सहयोगमा अर्गलीका विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

    वडाको सहकार्यमा मञ्चले राहत वितरण गरेको वडा अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । राहतमा २० किलो चामाल, २ केजी दाल, १ लिटर तेल र एक पोका आयो नुन वितरण गरेको मञ्चका अध्यक्ष यदुनाथ पाण्डेले जानकारी दिनुभयो । आफुहरुको सानो सहयोगले बन्दाबन्दीका कारण दैनिकी चलाउन समस्यामा परेका वडाबासीमा केही राहत मिलोस भनेर मञ्चले सहयोग गरेको उहाँले बताउनुभयो ।

    बिगत लामो समयदेखी यो सम्पर्कमञ्चले रुपन्देही र पाल्पाका थुप्रै ठाउँहरुमा सहयोग गर्दै आएको छ । आगामी दिनहरुमा पनि येस्तै सहयोग गर्ने मञ्चका अध्यक्ष यदुनाथ पाण्डेले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु