दुखाई जहिलेपनि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते, बिहीबार ०६:१२

हिमाल चिसो हिउँ
सुन्दरताको प्रतिमूर्ती
यो दुख्दैन
दुखाई कम गर्छ
तरउत्तर सिरानी गर्नै हुन्न
जम्छ ।

(१)

दुखाई जहिलेपनि
दक्षिण,पश्चिम र पूर्व
सहनै नसकिने गरि दुखेपनि
चुपलाग्नु पर्ने वाध्यता
वोल्नै हुँदैन रे
कहिले सुस्ता चस्किन्छ
कहिले मेचि शुल हुन्छ
छाति फुट्ला जस्तै गरि काली दुख्छ ।

(२)

कहिले दुख्छ कसरी दुख्छ
कहाँ दुख्छ कस्तो दुख्छ पत्तै हुन्न
तर अप्ठेरो परेकै वेलम दुख्छ
पहिले भैचालोमा दुख्यो
अहिले लकडायनमा दुख्यो
कहिल्यै निको नहुने घाउ जस्तै ।

(३)

आमाको अस्मिता माथी धावा वोल्दा
खुसि मनाउने छोरो हुँदैन
सानातीना कुराले कसैको मन फाट्दैन
जसले दुःखमा साथ दिँदैन
त्यो भरपर्दो साथि हुनै सक्दैन
मेरो छिमेकी यस्तै छ
एक हातले दिन्छ
अर्कौहातले लुटेको मलाई पत्तै हुँदैन ।

—आर्यालय

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु