जेठ २९,काठमाडौ ।नेपाली जनसम्पर्क समिति भारतले भारतबाट आउन लागेको नेपालीहरूमा चर्काे भाडा लिएपछि समितिको ध्यानकर्षण भएको छ। आज केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले प्रेस विज्ञप्ति जारी गदै जानकारी दिनुभयो ।
नेपाल फर्कन लागेका नेपालीमा सरकारले तोकेको भन्दा बढी भाडा लिएपछि नेपाल भारत जनसम्पर्क समितिको गम्भिर ध्यानकर्षण हुन पुगेको थियो । समितिको यस अगि पनि ध्यानकर्षण भाडाको बिषयलाई लिएर भएको थियो । पहिलो पटक ध्यानकर्षण भएपछि समितिले वार्ताबाट समाधान गरेको पाण्डेले जानकारी दिनुभयो ।
बहस पछि समितिले बस व्यवसायीले ताकेको दरमा प्रवासी नेपाली सीमासम्म आउन सक्ने वातावरण सिर्जना गरेको हो । आजबाट मथुरा देखि गौरीफन्टा नाकासम्म रु २ हजार लिने गरेको भाडाँ दर घटाएर एसी ८५० नन एसी ६५० मा नेपाल जनसम्पर्क समितिले सीमा सम्म आउने वातावरणको सिर्जना गरेको हो ।
समितिको उक्त निर्णयले प्रवासी नेपाली नेपाली कम भाडादरमा अब नेपाल आउन भएका छन् । चर्काे भाडा लिएर यात्रा गरिरहेको समितिले खबर पाए पश्चात बहसबाट नै समस्याको समाधान गरेको हो ।